राजविराज । राहत वितरण मनपरी भएको बताउँदै नियमित रुपमा विरोध गर्दै आएका तिलाठीका संघर्ष समितिका संयोजक पूर्व सभाषद शिवचन्द्र मिश्रले पिडितहरुको पक्षमा स्थानीय प्रशासनको मौन प्रस्तुती प्रति खेद व्यक्त गरेका छन् ।
तालाबान्दी गरिएको गाविस कार्यालयको प्रांगणमा बिहीबार संचारकर्मीहरु सित कुराकानी गर्दै उनले उक्त कुरा बताएका छन् ।
संयोजक मिश्रद्वारा जारी विज्ञप्तीमा गाविसमा भएको तालाबन्दीका कारण स्थानीयहरुमा पर्न गएको कठिनाई प्रति क्षमायाचना गर्दै विरोधका कार्यक्रमहरुमा परोस अपरोक्ष रुपले सहयोग गर्ने सवैमा धन्यवाद ज्ञापन समेत गरिएको छ ।
सर्वसम्मतिबाट सुझाव संकलन राखि स्थानीय, जिल्ला तथा केन्द्र स्तर सम्म पत्राचार गरिएतापनि हालसम्म कतैबाट कुनै प्रकारको सुनुवाई नभएको कुरा समेत संयोजक मिश्र हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएका छ ।
खाँडो नदीको चपेटामा परी सिंगो गाविस नै डुबानमा रहेतापनि सरकारले मात्र २ नं. वडाका जम्मा ८८ जनालाई राहत उपलब्ध गराएकोमा आक्रोशित हुँदै तीन बुँदे माग राखि तिलाठीका बासन्दिाहरु झण्डै तीन सातादेखि चरणवद्ध संघर्षका कार्यक्रमहरु गर्दै आएका छन् ।
सो क्रममा गाविसको कार्यालयमा तालाबन्दी, मौन जुलुस, कोण सभा, धर्ना लगायतका कार्याक्रमहरु संघर्ष समितिको नेतृत्वमा सम्पन्न भएको छ ।
छानविन समिति गठन गरी पिडित समुदायलाई राहत उपलब्ध गराइनु पर्ने, राहत वितरणमा गरिएको त्रुटीको छानविन गरी दोषी कर्मचारीलाई कार्वाहीको दायरामा ल्याइनु पर्ने तथा विधि सम्मत ढंगले गाविसको कामकाज संचालित हुनुपर्ने संघर्ष समितिको माग रहेको छ ।
राहत सम्बन्धमा प्रमुख जिल्ला अिधकारी बलदेव गौतमले गाविसले उपलब्ध गराएको वितरण अनुसार राहत वितरण गराएको बताएपछि स्थानीयहरु आक्रोशित हुँदै गाविसको कार्यालयमा तालाबन्दी गर्दै चरणबद्ध संघर्षका कार्यक्रमहरु गर्दै आएका छन ।
यद्यपी, गाविसका प्राविधिक सहायक मिथिलेश कुमार झाले भने गाविसले गाविसका सम्पूर्ण वडाका पिडितहरु गरी पाँच सय बढीको विवरण जिल्ला विकास समितिलाई पठाएको बताउँदै आएका छन् ।
संचारकर्मीको जिज्ञासामा प्रमुख जिल्ला अधिकारी गौतमले दोषी कर्मचारीलाई कार्वाही गर्ने बताएतापनि हाल सम्म मौनता साधेकोमा संयोजक मिश्रले आक्रोश व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको