भारत र न्युजीलेण्डबीचको देश्रो टेस्ट म्याच शुक्रबारबाट कोलकत्ताको इडेन गार्डेनमा शुरु भएको छ ।
टस जितेर ब्याटिङ्ग थालेको भारतले खराब शुरुवात गरेको भएपनि चेतश्वर पुजाराले पारी सम्हालेका छन् । पहिलो दिनको लन्च समय सम्ममा भारतका ३ बल्लेबाज पेभेलियनमा फर्किसकेको अवस्थामा पुजारा र अजिंक्य रहानेले थप विना कुनै विकेटको क्षतिमा भारतको स्कोर वोर्डलाई अगाडी बढाउँदै १०८ पु¥याएका छन् ।
भारतका अपनर बल्लेबाज मुरली विजय ९, शिखर धवन १ र कप्तान विराट कोहली ९ रन बनाएर पेभेलियनमा फर्केपछि भारत दवावमा थिए ।
भारतलाई दवावमा ल्याउन न्युजिलेण्डका तर्फबाट हेनरीले २ र बोल्टले १ विकेट लिएका थिए । भारत–न्यूजीलेण्डबीचको ३ टेस्ट म्याच सिरिजमा यस अघि भारतले नागपुरको ग्रीनपार्क स्टेडियममा भएको म्याच जितेर १–० को अग्रता लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost