facebook_2015_logo_detailtwee
काठमाण्डौ–नेपाल प्रहरी अपराध अनुसन्धान विभागले फेसवुक ट्वीटर जस्ता सामाजिक सञ्जालमा अश्लिल र अपशब्द कमेन्टसको प्रयोग नगर्न प्रयोगकर्तालाई सचेत गराएको छ ।
विभागले फेसबुक ट्वीटर जस्ता समाजिक सञ्जालमा अनावश्यक कमेन्टस र अश्लिल तस्वीर अपलोड जस्ता कार्य बढ्दै जानुले पीडितहरुबाट आफ्नो मान प्रतिष्ठामा प्रतिकुल असर परेको गुनासो आएकोले विज्ञप्ति मार्फत प्रयोगकर्तालाई सचेत गराएको हो ।
विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘फेसबुक, ट्वीटर जस्ता सबै खाले समाजिक सञ्जाल वा विद्युतीय माध्यमको दुरुपयोग गरी व्यक्ति, संस्थाको इज्जत, प्रतिष्ठामा आँच र्पुयाउने खालका कमेन्ट कोही कसैबाट नहुन र नगराउन हुन अनुरोध गर्छौं’
यदि कसैको इज्जत प्रतिष्ठामा असर पर्ने अभिव्यक्ति दिएमा कानुन बमोजिम कडा कारबाही हुने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको