anusa-khatiwada-photo-for-article

      अनुसा खतिवडा, फत्तेपुर

डा. दीपचन्द्र जैन भारतको सफ्दरजंग अस्पतालका युरोलोजी विभाग प्रमुख हुन् । उनका अनुसार प्रायः डाक्टरहरुले रोगीहरुलाइ मांसाहार गर्न अभिप्रेरित गर्छन् तर यसका नकरात्मक पक्षको ज्ञानको अभावमा उनीहरुमा गलत परम्परा निर्मित गरिरहेका छन् ।

मांसाहारको कारण फलिने रोगलाइ जेनोसिस भनिन्छ । जोनोसिस रोगहरु झण्डै १ सय ५० प्रकारका छन् । जसको उपचार विश्वका कुनै पनि देशमा सम्भव छैन् । उनले करिव १ बर्ष देखि ती रोगहरुको गहिरो अध्ययन गरे जसबाट मांसाहारीहरु मानसिक रोगबाट बढी पिडित भेटिए । उनले बताए अनुसार मांसाहारीहरु पत्थरी, मोटाउने, ठूलो आन्द्राको क्यान्सर, पक्षघात र वाथ जस्ता रोगहरुको निकै चाँडो शिकार हुन्छन् । साथै उनीहरुलाई पेट सम्बन्धी रोग पनि धेरै हुन्छ । भोजनको सकरात्मक एवम् नकरात्मक पक्षका बारेमा अनुसन्धान गरिरहेका भोजन विशेषज्ञहरु र पोषणशास्त्रीहरु भन्छन् “मांसाहार पोषणको दृष्टिले होस् या पाचन एवम् मल निश्कासनको दृष्टिले प्रत्यक्ष रुपमा नकरात्मक प्रभाव पार्दछ ।
प्रोटिनको दृष्टिले मांसाहार उत्तम हो भनेर पहिले भने पनि यथार्थता छर्लङ्ग भएको छ । मांसाहार भन्दा दाल वर्गमा अत्याधिक प्रोटिन पाइन्छ साथै मांसाहारबाट प्राप्त प्रोटिन भन्दा दाल वर्ग वा गेडागुडीबाट प्राप्त प्रोटिन सुपाच्य हुन्छ । मांसाहारबाट प्राप्त हुने प्रोटिनले युरिक एसिडलाई शरीर बृद्धि गर्न बढी सहायता पुग्छ । यसको असरले घुँडा दुख्ने, जोर्नीहरु दुख्ने, मुत्ररोग एवम् रक्तविकार जस्ता रोगहरु पैदा गर्छ । दाल वर्गको अपेक्षा मांसाहारले शरीरमा अम्लीय तत्वलाई अत्याधिक बढाइदिन्छ साथै मांसाहारमा अनेक हानिकारक तत्वहरु पाइन्छ जसले शरिरलाइ असर गर्दछ ।
भोजन विज्ञानको दृष्टिमा प्रोटिनलाई त्यसमा पाईने पोषक तत्वको आधारमा दुइ भागमा बाडिएको हुन्छ । जसलाइ पुर्ण प्रोटिन र अपूर्ण प्रोटिन भनिन्छ । पूर्ण प्रोटिनमा आवश्यक अनुपातमा भिटामिन खनिज लवण र चिल्लोको मात्रा पनि रहेको हुन्छ भने अपुर्ण प्रोटिनमा भिटामिन, खनिज, लवण र चिल्लोको नाममात्र रहेको हुन्छ । मांसाहारमा अत्याधिक खाइने भाग मांसपेशी हो जो अपूर्ण प्रोटिनको श्रेणीमा पर्दछ । वनस्पतिजन्य प्रोटिन वा गेडागुडीबाट प्राप्त प्रोटिन ९५ प्रतिशत पच्दछ भने मांसाहारको ५० प्रतिशत प्रोटिन पनि पचाउन गाह्रो हुन्छ । मांंसाहारकै प्रसिद्ध वर्ग अण्डा हो जसले कोलेस्टेरल अत्याधिक बढाउनुका साथैै आन्द्रा सडन मद्दत गदर्छ । यो अण्डाको सेतो भागको प्रत्यक्ष असर हो ।
मांसाहारको बेफाइदा र शाकाहारीको फाइदाबारे वैज्ञानिक विश्लेषण गर्दा एउटा पुस्तक लेख्नुपर्ने हुन्छ । मांसाहारले शारीरिक रुपमा मात्र हानी गर्ने नभइ मानसिक सन्तुलनलाई पनि बिगार्छ । मांसाहारमा रेशाको अभावको कारण आन्द्रामा मलको गति शुन्यता पैदा हुन्छ जसले गर्दा कब्जियत हुन जान्छ । मांसाहार त्यसमा पनि अत्याधिक रुपमा गर्नेहरुमा ९९ प्रतिशत मानिसहरु जिर्ण कब्जियतबाट पिडित पाइन्छन् । यदि कसैले प्रतिदिन या हप्तामा ४ दिन मांसाहार गर्दछ र २४ घण्टा भित्रमा २ सय ग्राम भन्दा बढी मासु खान्छ भने त्यो मानिस कब्जियत मात्र नभई पाचन तन्त्र, रक्त आमन्त्रण गर्दछ । सुगुर, बंगुर जस्ता जनावरको मासुमा अनेकौं क्रिमिहरु पाइन्छन्, त्यसमध्ये पनि प्रमुख ट्रिटीकोनिस हो । जो मासु पकाउँदा साधारण रुपमा मर्दैन । यसले शरिरमा स्नायु सम्बन्धी रोग पैदा गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको