आन्दोलनको चेतावनी
काठमाण्डौ–सरकार गठन भएको दुई महिना बितिसक्दा पनि मधेशका माग सम्बोधनको विषयमा सरकार गम्भिर नभएको मधेशी मोर्चाका नेताहरुले बताउन थालेका छन् ।
मोर्चाका नेताहरुले संविधान संशोधन गरि माग पुरा गर्ने प्रतिवद्धता सरकारले जनाउँदै आएपनि त्यो प्रतिवद्धतामै सिमिति रहेको बताएको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु सरकारसंग वार्ताका लागि लचक भएर प्रस्तुत हुँदा पनि सरकार गम्भिर नभएको आरोप लगाउँछन् ।
सीमांकन हेरफेरलगायत राजनीतिक माग सम्बोधनको आश्वासन दिँदै प्रधानमन्त्री चुनावमा समर्थन लिएका ठूला दुई दल कांग्रेस र माओवादी केन्द्रले धोका दिएको मधेसी मोर्चाको नेताहरुको आरोप छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले दशैंअघि नै संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता हुने कुरा गर्दै आएको भएपनि प्रधानमन्त्रीले भने जस्तै संशोधन प्रस्ताव हुने छाँटकाँट मोर्चाले देखि रहेको छैन् ।
प्रधानमन्त्री दाहालले गतसाता मोर्चाका नेताहरुसँग भेटेर हालसम्म सहमति जुटेका विषयमा साझा धारणा बनाउने, सीमांकनबारे विवाद समाधान गर्न बाँकी जिल्लालाई सीमांकन पुनरावलोकन आयोगको जिम्मा लगाउने गरी भएपनि दशैंअघि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने आश्वासन दिएका थिए । तर त्यस प्रति मोर्चा विश्वस्त नभएर आन्दोलनमा जाने चेतावनी दिन थालेको छ ।
सरकारको रबैया हेरेर तमलोपा अध्यक्ष महन्थ ठाकुर भन्छन् ‘दुई महिना बितिसक्दा पनि हाम्रा मागबारे सरकारले पटक्कै गम्भीरता देखाएन, हामी फेरि आन्दोलनमा जाने अवस्थामा पुगेका छौं ।’
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन प्रस्ताव दर्ता नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने चेतावनी यसअघि नै दिइसकेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको