काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले आज पहिलो पटक प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन् । आजको बैठकमा उनले सांसदहरुले राखेको प्रश्नको जवाफ दिएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताए ।
उनले आफू प्रधानमन्त्री भएपछि नेपाले पनि भारतको जग्गा मिचेको थाहा पाएको बताए ।
उनले भने–‘तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्न सक्छ । मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ । भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रैछ । त्यसलाई चै दुइटै देशले साथीको रुपमा बसेर समाधान गर्ने सोच राखेका छौँ ।’
उनले लिपुलेक, लिम्पियाधुरा मिचेको विषयमा नेपालले पठाएको पत्रमा भारत सरकारले जवाफ पनि दिएको उनले जानकारी दिए ।
उनले भने–‘भूमि सम्बन्धी टेबल टक गर्ने कुरा भएको छ । यो बारेमा इंग्ल्याण्ड सरकारसँग पनि कुरा गरेका छौं । यसबारेमा टेबल टक गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको