काठमाडौं । ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणको आरोपमा फरार रहेकी टिकटकर तुलसा अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

नेपाल प्रहरीका अनुसार उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो । सोही आधारमा समन्वय गरी उनलाई पक्राउ गरेर नेपाल फर्काइएको हो । हाल उनलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले करिब चार महिनाअघि अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ बराबरको ठगी मुद्दामा ललितपुर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो।

प्रहरीका अनुसार, पीडितले दिएको जाहेरीका आधारमा आपराधिक लाभ, ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको हो । घटनामा ‘हनी ट्र्याप’ शैली प्रयोग गरी आर्थिक लाभ लिएको आरोपसमेत उनीमाथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको