काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक बिहान सवा ११ बजे बस्न लागेको हो ।

प्रतिनिधिसभा बैठकमा नियमावली मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल र पारित गर्ने कार्यसूची छ ।

त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक प्रस्तुत गर्न अनुमति माग्ने, प्रस्तुत गर्ने कार्यसूची छ ।

आजको बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षणसम्बन्धी महासन्धी, १९४७ र अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ पनि पेस हुनेछ ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यसलाई प्रतिनिधिसभामा पेस गर्ने संसद सचिवालयलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको