काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षीका सांसदहरूबीच चर्काचर्की भएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह एकाएक प्रतिनिधि सभा सदस्यहरुको प्रश्नको जवाफ दिन पुगेका थिए ।
प्रधानमन्त्रीको सम्बोधनबारे एमालेका प्रमुख सचेतक ऐन महर, श्रम संस्कृतिका सांसद ध्रुवराज राईलगायतले नियमापत्ति गरेका थिए ।
सो क्रममा सभामुख डोलप्रसाद अर्यालले नियमावलीको गलत व्याख्या गरेको भन्दै विपक्षीहरूले अवरोध गरेका थिए ।
विपक्षीहरूको अवरोधपछि सभामुख अर्यालले मर्यादित हुन आग्रह गरे ।
त्यत्तिकैमा रास्वपाकी सांसद आशिका तामाङ आक्रोशित हुँदै बेञ्चबाट उठेकी थिइन् ।
उनले विपक्षी सांसदतर्फ आक्रोश व्यक्त गरिन् । रास्वापाका सांसदहरूले बस्न आग्रह गर्दा पनि मानिनन् । त्यसपछि रास्वापाका सांसदहरूले उनलाई हात समाएर सम्झाइबुझाइ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको