राजविराज–बडा देशैंको दिन टिका र जमरा थापिरहँदा पनि पूर्वाञ्चलमा सवारी दुर्घट्ना हुने क्रम रोकिएन । पुर्वाञ्चलको जिल्लाहरुमा सवारी दुर्घट्नामा परी दुई जनाले ज्यान गुमाएका छन् भने दुई जना घाईते भएका छन् ।
झापाको दमक नगरपालिका १ स्थित पूर्व पश्चिम राजमार्गमा मंगलबार टाटा सुमोले ठक्कर दिदा झापा दमक १२ बस्ने ६८ बर्षिय बिर बहादुर तामाङ (थिङ) को मृत्यु भएको छ ।
तामाङलाई पैदल हिडिरहेको अवस्थामा पश्चिमबाट पूर्वतर्फ जादै गरेको बा ११ च ६२६७ नम्बरको टाटा सुमोले ठक्कर दिएको थियो ।
सुमोको ठक्करबाट गम्भीर घाइते भएका तामाङलाई उपचारकालागी लाईफ लाईन अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापाकै शिव–सतासी नगरापलिका ९ माईधार चोकमा सशस्त्र प्रहरीको गाडीसंग मोटरसाइकल ठोक्किदा मोटरसाइकलका चालक झापा चारपाने ४ बस्ने २४ बर्षिय मुकेश यादव घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको सशस्त्र प्रहरी बल, सिमा सुरक्षा कार्यालय झापाको बा १ झ ७१६५ नम्बरको गाडीसंग विपरित दिशाबाट आउदै गरेको मे ४ प ४८६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किएको थियो ।
घाइते चालकलाई उपचारकालागी बिएनसी अस्पताल विर्तामोड र्पुयाएको छ भने मोटरसाइकल अस्थायी प्रहरी चौकी माईधारमा राखिएको छ ।
त्यसैगरी सिरहा नगरपालिका ११ भलुवाई चोकमा मंगलबार अनटेष्ट मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा सिरहा नगरपालिका ११ का ६५ बर्षिय रामप्रसाद साहको उपचारकाक्रममा बुधबार विहान मृत्यु भएको हो । साहलाई मंगलबार सिरहाबाट चोहरुवातर्फ जादै निलो रंगको सुजुकी मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते साहलाई उपचारार्थ जिल्ला अस्पताल सिरहा लगिएकोमा उनको बुधबार विहान उपचारकाक्रममा मृत्यु भएको छ ।
ठक्कर दिने मोटरसाइकलसहित चालक फरार भएकाले प्रहरीबाट अनुसन्धान तथा खोजी कार्य भइरहेको छ ।
यसअघि अपरान्ह ३ बजे सप्तरी खोजपुर ५ पूर्व पश्चिम राजमार्गमा नम्बर नखुलेको मोटरसाइकलबाट खसेर सोही मोटरसाइकल पछाडी सवार रहेका ६० वर्षिय बच्चाई सरदार घाईते भएका थिए । घाइतेको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।
सोमबार मात्रै पुर्वाञ्चलमा सवारी दुर्घट्नाबाट १० जना घाईते भएका थिए ।