राजविराज, । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले देशको राजनीतिक अवस्था अत्यन्त जटिलता तर्फ गइरहेको बताएका छन् ।
प्रदेश सिमांकन, संविधान संशोधन र मधेशवादी दलहरुको मुख्य समस्याको रुपमा रहेको भाषा, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व लगायतका समस्याहरु विद्यमान रहेको अवस्थामा स्थानीय निकायको निर्वाचन, प्रदेश निर्वाचन तथा राष्ट्रिय निर्वाचन गर्न नसकिए मुलुक अप्ठयारो तर्फ जाने उनको तर्क रहेको थियो ।
सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाको फत्तेपुरमा नेपाली काँग्रेस नगर सभापति रमेश कार्कीको अध्यक्षतामा आयोजित विजया दशमी, दिपावली, छठ एवं मोहरमको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले उक्त कुरा बताए ।
सोही अवसरमा बोल्दै संविधान बनाउँदा उत्पन्न भएका यि समस्याहरु समाधान गर्न नेपाली काँग्रेस र मधेशी मोर्चा समेत गरी एक तिहाईको बहुमत पु¥याउन नसकिने अवस्था रहेको समेत बताए । आयोजित उक्त शुभकामना आदान–प्रदान कार्यक्रममा भाषा सम्बन्धमा बोल्दै नेता कोइरालालले मैथिली भोजपुरी अवधी लगायतका भाषाहरु स्थानीय तहमा बोलिने गरिएतापनि हिन्दीभाषा नेपाली जनतालाई कदापी स्वीकार्य नहुने धारणा समेत राखिएका थिए ।
डा. कोइरालाले संविधान कार्यान्वयन हुन सके वर्तमान संविधान उत्कृष्ट संविधान हुने कार्यान्वयन हुन नसके सखाप भएर जाने टिप्पणी समेत गरे ।
आयोजित उक्त शुभकामना आदान–प्रदान कार्यक्रममा सांसदहरु रंजित कर्ण, सकलदेव सुतिहार, तुजेलाल चौधरी, नेपाली काँग्रेसका जिल्ला सचिव रामकुमार यादव, महिला संघका अध्यक्ष गिता यादव लगायतकाहरुले समेत आ–आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको