
राजविराज,। सप्तरी वन प्राविधिक संघको उन्नाइसौं भेला राजविराजमा बिहीबार सम्पन्न भएको छ ।
सप्तरी वन प्राविधिक संघका अध्यक्ष देव नारायण झाको अध्यक्षतामा आयोजित उक्त भेलामा संघियतामा मुलुक गईरहेको हुँदा जिल्लाको चुरे वन संरक्षण तथा जिल्लाभरीमा व्यापक वृक्षारोपण अभियान चलाइनु पर्ने र सिटिईभिटिबाट मान्यता लिई वन प्राविधिकको अध्ययनको व्यवस्था समेत जिल्लामै गरिनु पर्ने धारणा वक्ताहरुले राखेका थिएँ ।
सप्तरी वन प्राविधिक संघले आयोजना गरेको उक्त भेलाको प्रमुख आतिथ्य नेपाल मधेशी निजामति कर्मचारी मंचका केन्द्रिय अध्यक्ष विनोद कुमार सिंहले गरेका थिएँ ।
सहायक वन अधिकृत ललन कुमार मण्डलद्वारा संचालित उक्त भेलामा नेपाल निजामति कर्मचारी ट्रेड युनियनका आधिकारिक सप्तरी जिल्ला अध्यक्ष अजय कुमार झा, जिल्ला वन कार्यालय सप्तरीका जिल्ला वन अधिकृत नरेश ठाकुर, ताप्लेजुङ्गका वन अधिकृत माधव प्रसाद देव, सहायक वन अधिकृत अशोक झा, वन विज्ञ केपी यादव, सप्तरी वन प्राविधिक संघका सल्लाहकारहरु सुनिल कुमार सिंह, शशिन्द्र यादव, कमलदेव चौधरी लगायतकाहरुले आ–आफ्ना धारणा राखेका थिएँ ।