राजविराज । नेपाल तरुण दलको महाधिवेशन सबै जिल्लाहरुका मतदाता नामावली उद्घाटन सत्र पूर्व नै फाइनल नभए महाधिवेशन हुन नसक्ने कुरा तरुण दलका केन्द्रिय निवर्तमान अध्यक्ष विनोद कायस्तले बताए ।
शुक्रबार सप्तरीको सदरमुकाम राजविराजमा नेपाल तरुण दलका नेता तथा कार्यकर्ताहरुको भेटघाटको क्रममा उनले सो धारणा राखेका हुन ।
सप्तरी, भक्तपुर, उदयपुर लगायत अधिकांश जिल्लाहरुमा नेविसंघ, महिला संघका झै
कब्जा गर्ने उद्देश्यले गैर तरुण दलहरुका भर्ती गरी तरुण दल तथा पार्टीमा योगदान दिने व्यक्तिहरुलाई पाखा लगाइने कार्य भइरहेको आरोप समेत उनले लगाए ।
नेपाली काँग्रेसका नेतृत्व वर्गकै लामो आन्तरिक विवादबाट सृजित गुट उपगुटका कारण तरुण दल समेत सोको चपेटामा परी शिथील अवस्थामा पुगेका धारणा कार्यकर्ताहरु माझ उनले व्यक्त गरे ।
निवर्तमान अध्यक्ष कायस्तले आफुहरुले महाधिवेशन चाहेको तर कर्मकाण्डी महाधिवेशन आफुहरुलाई कदापी मान्य नहुने कुरा कार्यकर्ता माझ बताए ।
कार्यकर्ता भेटघाटको क्रममा निवर्तमान अध्यक्ष कायस्तले दुई अध्यक्ष रहेको सप्तरी जिल्लामा एउटा अध्यक्षलाई थाहै नदिई केन्द्रमा सिफारिस गरिएका केन्द्रिय महाधिवेशन प्रतिनिधिहरु मान्य नहुने कुरा बताउँदै तरुण दलका जिल्ला अध्यक्षलाई सो सम्बन्धमा केन्द्रिय समितिलाई पत्राचार गर्न समेत सुझाए ।
केन्द्रिय समिति सो सम्बन्धमा एकतर्फी ढंगले अघि बढे सो को प्रतिवाद गर्न आफुहरु समेत तयार रहेको प्रतिवद्धता कायस्तले व्यक्त गरे ।
केन्द्रिय कार्यसमितिले अझ पनि भेदभाव कायमै राखे जिल्लामा छुट्टै अधिवेशन गरी समानान्तर तरुण दल गठन गरिने चेतावनी तरुण दलका जिल्ला अध्यक्ष अरुण देव नेतृत्व पक्षकाले निवर्तमान केन्द्रिय अध्यक्ष कायस्तलाई चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको