राजविराज / नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश खतिवडाले जिल्लाका विकासका लागि सप्तरीको मिडिया सधै सहयोगीको भूमिकामा रहने बताएका छन । दिपावली तथा छठ पर्वको उपलक्ष्यमा जिल्ला विकास समिति सप्तरीले बुधवार राजविराजमा आयोजना गरेको शुभकामन अदान प्रदान कार्यक्रम बोल्दै अध्यक्ष खतिवडाले केही राष्ट्रि मिडियाका प्रतिनिधिहरुले कार्यक्रमलाई बहिष्कार गरेको घटना प्रति इन्कित गर्दै ठूला मिडियाको नाममा गरिने बाग्रेनिंग सँग नडराउन आग्रह गरे ।
पत्रकारिता क्षेत्र विधिको शासनमा विश्वास गर्ने हुँदा महासंघको अध्यक्षबाट हटाएर देखाउने चुनौती  दिए ।
पत्रकारको नाममा भइरहेको बिकृती रोक्न आफु प्रतिवद्ध रहेको बताउँदै आचार संहिता विपरित गतिविधिगर्नेहरुलाई कारवाही समेत गर्न सक्ने चेतावनी दिए । उनले पत्रकारिता क्षेत्रवाट प्रदर्शन गरिने अराजकतावाट नतर्सिन समेत आग्रह गरे ।
कार्यक्रममा सहभागी भएका पत्रकारहरुले जिल्लामा भएको विकास र राजनितक अवस्थाको वारेमा जानकारी गराएका थिए । उनीहरुले जिल्लाको अवस्थावारे जानकारी गराउदै अधुरो रहेको विकासको कामलाई निरन्तरता दिन आग्रह समेत गरे ।
स्थानिय विकास अधिकारी सुदेव कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष तथा पत्रकार महासंघ सप्तरीका सचिव ओम प्रकाश साह, सदस्य विनय कुमार लाल कर्ण, रेडियो नेपालका सम्वाददाता तथा मधेशी पत्रकार समाजका केन्द्रिय सचिव संजिव विक्रम साह, अन्नपूर्ण पोष्टका सम्वाददाता तथा इन्सेक प्रतिनिधि मनोहर कुमार पोखरेल, नेपाल समाचार पत्रका सम्वाददाता पंकज कुमार झा, कृष्णा दैनिकका प्रतिनिधि दिनेश शर्मा, चन्द्रमा एफएमका स्टेशन म्यानेजर शैलेस कुमार कर्ण, प्रेस चौतारीका केन्द्रिय सदस्य नर्मदेव यादव, जनपुकार दैनिकका सम्वाददाता अनिल कुमार ईसर, चौतारी सप्तरीका कोषाध्यक्ष तथा माई संचार डटकमका सम्वाददाता आसुतोष आनन्द सिंह लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको