काठमाण्डौ । काग तिहारको दिन हरेक बर्ष मनाउदै आएको ऐतिहासिक हास्य व्यङ्ग्य कार्यक्रम आलुपाटी यस वर्ष पनि मनाएको छ । काठमाण्डौको जावलाखेल स्थित हास्य ब्यङ्ग लेखक राम कुमार पाण्डेको निवास मनाएको कार्यक्रममा विभिन्न हास्य व्यङ्ग कबिहरुले कबिता बाचन गरेका थिए । कार्यक्रमको मुख्य आकर्शक प्रचण्ड बनेर आएका घनश्याम गौतम को प्रस्तुति र शैलेन्द्र सिम्खडाको कबिता रहेको आयोजकले जनाएको छ । हास्य कलाकार जितु नेपाल र बरिष्ठ पत्रकार युबराज घिमिरेको उपस्थिति भएकाे कार्यक्रममा उत्कृष्ट प्रस्तुति गर्ने घनश्याम गौतम बिनोद चुडाल डम्बर घिमिरे शैलेन्द्र सिम्खडा लगायत सम्मानित भएका थिए । ऐतिहासिक हास्य ब्यङ्गात्मक जमघट “आलु पार्टी “ २०३४ सालबाट सुरु भएको यो कार्यक्रमको अगुवाइ वरिष्ठ ब्यङ्गकार राम कुमार पाँडेले गर्दै आ्रएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost