राजविराज \ सप्तरीको बोदेबर्साईनबाट प्रहरीले अबैध रुपमा व्यापक परिमाणमा भण्डार गरिराखिएको सुर्ति सहित एक जनालाई आज सोमवार पक्राउ गरेको छ ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट चेकजाँचको लागि खटि गएको प्रहरी टोलीले बोदेबर्साईन–३ मा खगेन्द्र साहकाे गोदाममा छापामारी गर्दा भन्सारछली भण्डार गरिराखिएको अन्दाजी मुल्य ५ लाख बरावरको ३ हजार २ सय २३ केजी सुर्ति बरामद गरी गोदाम धनी साह समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि तिलाठी –८ स्थित राजविराज भंसार कार्यालयमा बुझईएको प्रहरीले जनाएको छ ।

राजविराज भंसार कार्यालयमा बुझाईएको साहलाई आवश्यक कार्वाहीको लागि प्रहरी चौकी तिलाठीको हिरासतमा राखी आबश्यक अनुसन्धान थालिएको भंसार कार्यालयका सुचना अधिकारी बसन्त दासले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको