राजविराज । अवैध सुर्ती सहित आइतबार पक्राउ परेका जिल्लाको बोदेबर्साइन निवासी एक व्यक्ति मंगलबार धरौटी तिरी तारेखमा रिहा भएका छन् ।
प्रहरीको एक टोलीले गाविस बोदेर्साइन–३का खगेन्द्र साहको घरमा अवैध रुपमा भन्डारण गरिराखिएको अन्दाजी मुल्य ६ लाख ४३ हजार बराबरको ३ हजार २ सय २३ केजी भन्सार छली ल्याई भन्डारण गरिराखिएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा खटि गएको प्रहरी टोलीले उक्त अवैध सुर्ती सहित साहलाई नियन्त्रणमा लिई सोमबार बेलुकी गाविस तिलाठी–८ स्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको थियो ।
राजविराज भन्सार कार्यालयका सूचना अधिकारी वसन्त साहका अनुसार साहबाट विगो बमोजिमको ६ लाख ४३ हजार र जरिवाना वापतको ३ हजार गरी ६ लाख ४६ हजार धरौटी लिई तारेखका रिहा गरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको