भारतमा यस्ता कयौं सेलिब्रेटी छन्, जसले परिवारको रोजाइमा मागी विवाह गरेका छन् ।
१. निता अम्बानी र मुकेश अम्बानी
निता अम्बानी । ५३ वर्षीया नीतालाई विजनेश टाइकुन मुकेश अम्बानीका लागि उनका पिता धिरुभाई अम्बानीले रोजेका थिए । दुवैको विवाह सन् १९८४ मा भएको थियो ।
भारतमा निकै गनिने ब्यापारी मुकेश अम्बानीकी पतनी एक मध्यमवर्गीय परिवारकी हुन् । अहिले उनले सोसल वर्कर र ब्यापारीका रुपमा आफ्नै अलग्गै पहिचान बनाइसकेकी छिन् । उनी मुम्बई इण्डियन क्रिकेट टिमकी सह—मालिक हुन् ।
नीता रिलायन्स इण्डष्ट्रीज तथा नेशनल एशोसियसन अफ ब्लाइण्डको ‘दृष्टि’ नामक समाजसेवी संस्थासँग पनि जोडिएकी छिन् । उनले सन् २००५ मा इन्टरनेशनल वुमन्स डेमा विश्वभूषणको पाइसकेकी छिन् ।
२. शाहिद कपुर र मीरा राजपुत
शाहिद कपुरको गणना पनि ती स्टारसँग हुन्छ, जसले मागी विवाह गरेका छन् । पंकज कपुरले शाहिदका लागि मीरालाई मन पराएका थिए । दुवैको विवाह ७ जुलाई २०१५ मा भएको थियो ।
३. माधुरी दीक्षित र डा. श्रीराम नेने
बलिउडकी प्रख्यात अभिनेत्री माधुरी दीक्षितले पनि डा. श्रीराम नेनेसँग मागी विवाह गरेकी थिइन । उनीहरुको विवाह १७ अक्टोबर १९९९ मा भएको हो ।
४. सुरेश रैना र प्रियंका चौधरी
भारतीय टिमका युवा ब्याटसम्यान सुरेश रैनाको पनि मागी विवाह भएको हो । उनको विवाह ३ अप्रिल सन् २०१५ मा प्रियंका चौधरीसँग भएको हो ।
५. श्रद्धा मुसाले र दीपक तोमर
श्रद्धा मुसालेको पनि मागी विवाह भएको हो । उनको विवाह ब्यापारी दीपक तोमरसँग २९ नोभेम्बर २०१२ मा भएको थियो ।
६. विवेक ओबरोय र प्रियंका अल्बा
बलिउडका नायक विवेक ओबरोयले पनि मागी विवाह गरेका हुन् । उनको विवाह २८ अक्टोबर २०१० मा प्रियंका अल्बासँग भएको थियो ।
६. गौतम गम्भीर र नताशा जैन
भारतीय क्रिकेटर गौतम गम्भीरले पनि नताशा जैनसँग मागी विवाह गरेका हुन् । यो जोडीको विवाह २८ अक्टोबर २०११ मा भएको थियो ।
७. राहुल द्रविड र विजेता पेंढरकर
भारतीय क्रिकेट टिमका पूर्व कप्तान राहुल द्रविडको पनि विजेता पेंढरकरसँग मागी विवाह भएको हो । उनको विवाह ४ मई २००३ मा भएको थियो ।
८. राज कपुर र कृष्णा मल्होत्रा
राज कपुर र कृष्णा मल्होत्राको पनि मागी विवाह भएको थियो । उनीहरुको विवाह सन् १९४६ मा सम्पन्न भएको थियो ।
९. धनुष र ऐश्वर्या
साउथ इण्डियन फिल्मका नायक धनुषले पनि ऐश्वर्यासँग मागी विवाह गरेका हुन् । उनीहरुको विवाह सन् २००४ मा सम्पन्न भएको थियो ।