राजविराज । जिल्ला विकास समिति सप्तरीको बजेट चरम दुरुपयोग भईरहेको एक कार्यक्रममा बक्ताहरुले बताएका छन् ।
महुली सामुदायिक विकास केन्द्रका २३ औं सधारणसभामा बोल्दै बक्ताहरुले जिल्ला विकासको विकासिय तथा समाजिक बजेटमा व्यापक अनियमितता भईरहेको बताए । उनिहरुले नातावाद कृपावाद तथा आसेपासेहरु र कार्यक्रता पालनको लागि जिल्ला विकासको रकम खर्चिरहेको बताए ।
कार्यक्रममा प्रमूख अतिथिको आसनबाट बोल्दै जिल्ला विकास समिति सप्तरीका स्थानिय विकास अधिकारी सुदेव पोखरेलले जिल्ला विकास समितिका धेरै कार्यक्रमहरु गैरसरकारी संस्थाहरु संग मिलेर भईरहेको भन्दै जनतालाई सशक्त बनाए मात्र समाज सशक्त हुनेमा जोड दिए । उनले गैरसकारी संस्था मार्फत भईरहेको कार्यक्रमहरु पारदर्शी हुनु पर्ने बताए ।
उक्त कार्याक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश खतिवडाले जिल्ला विकास समिति वरिपरि गणेश परिकर्मा गरेर बस्ने गैरसरकारी संस्थाहरुलाई मात्र कार्यक्रम दिने गरेको आरोप लगाए । उनले पँहुच दादागिरी र चाकरी गरेर गैरसरकारी संस्थाहरुले कार्यक्रम लिने गरेको बताए ।असारमा हुने विकासिय खेतीको अन्यत हुनु पर्नेमा जोड दिदै अध्यक्ष खतिवडाले जिविस भित्र रहेको कर्मचारीको घेराबाट बाहिर निस्किन सके मात्र स्थानिय विकास अधिकारीले काम गर्न सक्ने धारणा व्यक्त गरे । अयोजक संस्थाका अध्यक्ष राम लगन मडरको अध्यक्षतमा भएको कार्यक्रममा सो संस्थाका सल्लाहकार श्यामकान्त चौधरी , स्थानिय सहकारी संस्थाका अध्यक्ष कल्पना कोइराला , राजेन्द्र पोखरेल लगायतले अ (आफना मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको