राजविराज–मिथिलाञ्चल सहित देशभरमा शुक्रबार देखि विधिवत् रुपमा महापर्व छठको शुरुवात भएको छ ।   मिथिलामा बिशेष महत्वका साथ मनाइने महाछठपर्व अव मधेशका सबै जिल्ला तथा राजधानी काठमाण्डौंमा पनि भव्यताका साथ मनाउने गरिएको छ ।
महापर्व छठको पहिलो दिन शुक्रबार ब्रतालुले नदी वा पोखरीमा जस्ता जलासयमा स्नान गरि शुद्ध शाकाहारी भोजन (अरबा–अरबाईन) खाएर शुरुवात गरेका हुन् ।
आफ्नो परिवारको सुख, समृद्धि, सन्तान प्राप्तिल तथा विभिन्न प्रकारको रोग एवं कष्टबाट मुक्ति पाउनका लागि छठ पर्व मनाउँदै आएको पौराणिक कथन छ ।
ब्रतालुले दोश्रो दिन दिनभरी उपवास बसि साँझ चोख्याइएको एक कोठाभित्र खिर, पुरी र केरालगायतका मिठो पकवान केराको पातमा फिजाएर ईश्वरको आराधना गर्छन् । यसलाई खरना भनिन्छ । पुजा सकेपछि सबभन्दा पहिले ब्रतालुले प्रसाद ग्रहण गर्छन् । त्यसपछि परिवारजन र छरछिमेकीलाई बाँडिने चलन रहि आएको छ ।
छठको तेश्रोदिन घरका सदस्यहरु बाँसको भाँडाकुडामा सजाएर राखिएको पुजन सामग्रीसहित छठ पुजा गर्नका लागि तयार पारिएको घाटमा पुग्छन् । जसमा केरा, ठकुवा, भुसवा, उखु, मुला जस्ता अनेक सामग्री हुन्छ । ब्रतालु परिवारजनले साज सज्जा गरिएको पोखरी वा खोला किनारमा पुजन सामग्रीले भरिएको बाँसको वर्तन (कोनियाँ), ढकनी र नांग्लो हात उठाएर ब्रतालु महिला वा पुरुषले पानीमा उभेर साँझ पख अस्ताइरहेको सुर्यदेवलाई अर्घ दिने गर्छन् भने बिहानी पख उदाइरहेको सूर्यलाई प्रसादसहित दुध र अर्घ दिन्छन् ।
ब्रतालुले विहान उदाँउदो सुर्यदेवलाई अर्घ दिएर प्रसाद खाइ उपवास तोड्छन् । त्यसपछि घरमा पुगि अन्नजल ग्रहण गर्छन् । यसलाई पारण भनिन्छ ।
लगातार चार दिन दिनसम्म ब्रतालु उपवासमा बस्नुपर्ने भएकोले छठलाई कठिन व्रत मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको