राजविराज। दिपावलीको पूर्व संध्यामा सप्तरी जिल्लाको गाविस पन्सेरामा रहेको एक ट्रान्सफर्मर बिग्रिएर अवरुद्ध विद्युत आपूर्ति हाल सम्म सुचारु हुन नसक्दा गाउँलेहरु चाड पर्वको बेला न केवल अन्धकारमा बस्न बाध्य भएका छन् सास्ती समेत बेहोर्नु परेको छ ।
विद्युत आपूर्ति अवरुद्ध हुँदा पन्सेराको वडा नं. १,२,३,४ लगायतका वासिन्दाहरुले झिलीमिली वत्तीको पर्व मानिएको दिपावली र छठ उल्लासपूर्ण रुपमा मनाउन नपाएको दुखेसो पोख्छन् ।
यसरी, चाडपर्वको बेला वत्ती नै गायव हुँदा यहाँका बासिन्दाहरुले खल्लो महसुस गर्नुका साथै दैनिकी मै समस्यामा उत्पन्न भएको गुनासो गर्छन् ।
दिपावली पर्व भन्दा तिन दिन अघि देखि नै अवरुद्ध भएको विद्युत आपूर्ति हाल सम्म सुचारु हुन नसक्दा चाडपर्वको बेला गहुँ तथा चामलको पिठो पिसाउँन समेत अन्यत्र चहार्नु परेको गुनासो गर्दछ पन्सेरा–१ बस्ने अनरुद्ध पासवान ।
यत्ता, रोजगारीको सिलसिलामा विदेशिएका श्रीमानका श्रीमतिहरुको भने आफ्नै दुखेसो रहेको छ ।
चाडपर्वको समयमा विदेशमा रहेको श्रीमान सित फोनमा कुरा गर्न नपाएर पिर मानेकी पन्सेरा–२ बस्ने सरस्वती सदा भन्छिन ‘सवै कामकाज छोडेर मोबाईल चार्ज गर्न छिमेकी गाउँ धाउनु पर्छ, उहाँ विदेशमा हुनुहुन्छ, छोरा–छोरी र म यत्ता छु ! सन्चो विसन्चो बुझ्नै पर्छ !’
सो सम्बन्धमा नेपाल विद्युत प्राधिकरण शाखा राजविराजका कार्यालय प्रमुख राम उदगार साहले भने आफुलाई हाल सम्म कुनै जानकारी समेत नरहेको बताए ।
यत्ता, रुपनी शाखाका इन्जिनियर राजिव साहले चाड पर्वको बेला उक्त ट्रान्सफर्मरमा समस्या आएको हुँदा ट्रान्सफर्मर त्यहाँबाट ल्याउँन नसकिएको बताउँदै छठ सकिए लगत्तै मर्मतका लागि ट्रान्सफर्मर ल्याइने प्रतिवद्धता व्यक्त गरें ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको