राजविराज । जिल्लाको गाविस रम्पुरा मल्हनियामा शुक्रबार भएको आगलागीमा तीन् घर जल्दा तीन लाख बढीको क्षति भएको छ।
रम्पुरा मल्हनिया–१ बस्ने राजकुमार मुखियाको घरमा कोही नरहेको अवस्थामा अचानक आगो लाग्दा मुखियाँको गाईगोठ, र घर समेत २ थान गरी ३ थान घर जलेको स्थानीयवासीन्दा कैलु खंग खत्वेले बताए ।
घरमा भएको आगलागीबाट तीन लाख बढीको धनमाल जलेर नष्ट भएको पिडित मुखिया दुखेसो व्यक्त गरे ।
आगलागीलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रत्यक्षदर्शी दिनेश मण्डलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको