Image result for rupees 500 notes
विनय कुमार लाल कर्ण
राजविराज–भारत सरकारले मंगलबार मध्यरातिबाट भारतीय रु पाँचसय र एकहजारको पुरानो नोट बन्द गरेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै राति १२ बजेबाट पाँचसय र एकहजारको पुरानो नोट बन्द गरिएको घोषणा गरेको हुन् ।
प्रधानमन्त्री मोदीले ३० डिसेम्बर भित्र पुरानो नोट बैंक तथा हुलाकमा जम्मा गरि नयाँ पाँचसय तथा दुईहजारको नोट साट्न सकिने व्यवस्था मिलाईएको जानकारी दिए ।
जाली नोट कारोबारीलाई निरुत्साहित गर्न भारतले आफ्नै मुलुकभित्र त्यस्ता नोट प्रयोगमा प्रतिबन्ध लगाउनुपरेको सम्बोधनको क्रममा मोदीले जानकारी दिए ।
सरकारले पुराना नोटको सट्टा नयाँ पाँच सय र २ हजार दरका नोट प्रयोगमा ल्याउने जनाएको छ । पुराना नोटको सट्टा नयाँ नोट प्रयोगमा ल्याउन बुधबार भारतका अधिकांश बैंकहरु बन्द रहेका छन् भने एटीएमले पनि काम गर्ने छैनन् ।
कालोधन र जालीनोटको कारोवारले आतंकवादलाई बढबा दिएको बताउँदै प्रधानमन्त्री मोदीले यसलाई नियन्त्रण गर्न भारत सरकारले कठिन तथा महत्वपूर्ण निर्णय लिएको बताए ।
नेपालमा यसको प्रभाव
भारत सरकारले पाँचसय र एकहजारको पुरानो नोट माथि प्रतिवन्ध लगाएपछि नेपालमा यसको नाकारात्मक प्रभाव पर्ने भएको छ ।
भारतले एकाएक लिएको यस्तो निर्णयबाट नेपालका खास गरि भारतसंग सिमाना जोडिएको तराईमधेशमा नाकारात्मक प्रभाव पर्ने ग्लोवल आईएमई बैंक राजविराजका प्रमुख मुकेश साहले बताए ।
साहले भारतसंग सिमाना जोडिएका जिल्लाहरुमा भारु पाँचसय र एकहजारको नोटको निकै कारोबार हुने गरेको र भारत सरकारले मंगलबार रातिबाट पुरानो नोटमाथि प्रतिबन्ध लगाएपछि यहाँ तत्कालका लागि ठूलो समस्याको सृजना भएको धारणा राखे ।
“अहिले कोई भारतमा उपचारमा रहेको होला र उसंग पुरानो पाँचसय तथा हजारको नोट भएपनि खानपिन, बस भाडा जस्ता अनेक काममा केही न केही समस्या पक्कै सृजना भएको हुनु पर्दछ” साहले भने ।
नेपाल भारत सिमाक्षेत्रमा भारतीय रुपियाँको निकै कारोवार रहेको कारण नेपालमा पनि भारु पाँचसय र हजारको नोट ठूलै परिमाणमा हुन सक्ने भएकोले यसको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आवश्यक व्यवस्था मिलाउनुपर्नै साहको भनाई छ ।
“आफूहरु नेपाल राष्ट्र बैंकको सरकुलरको प्रतिक्षामा छु, नेपालमा भएको भारु पाँचसय र हजारको नोट व्यवस्थापन हुन्छ, चिन्ता लिनुपर्ने कुनै आवश्यता छैन्, कुनै न कुनै व्यवस्था अवश्य हुन्छ ।” साहले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको