राजविराज । जिल्लाको गाविस फर्सैठमा केही दिन अधि एक ८ वर्षिया बालिका माथि भएको बलात्कारको प्रयासको आरोपीलाई बचाउँने तथा धम्की, डर, त्रास देखाउँने आफु माथि लगाइएको आरोप निराधार तथा षडयन्त्र रहेको पर्सैठ–७ का हाजी मो. कमालउद्धिन बतउँछन् ।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी उनले सो कुरा बताउँदै आफु उक्त घटनाको समयमा राजविराजमै नरहेको तथा पछि आएपनि आफुले पिडित तथा पिडकलाई सामाजिक इजलासमै राखि आवश्यक दण्ड सजाय दिन पटक–पटक पहल गरेतापनि सो हुन नसकेको स्पष्ट गरे ।
कथित पिडक मिस्टर भनिने जमान मियाँ आफ्नो दाजु रहेपनि विगत वर्षाै देखि पारिवारिक विवादका कारण राम्रो सम्बन्ध समेत नरहेको उनको तर्क रहेको थियो ।
सोही ठाउँ बस्ने समिमा खातुन लगायतहरुले पत्रकार सम्मेलन गरी आफुलाई ढुगामुढा र धम्की दिएको भनी लगाइएका आरोप आफ्नो चरित्रहत्या गर्न षडयन्त्र गरिएको कमालउद्धिनको दावी रहेको थियो ।
घटनाबारे आवश्यक छानविन र अनुसन्धान जारी रहेको अवस्थामा केही लगत तत्वले सामाजिक सदभाव खलबल्याउन र घटनालाई अतिरंजित बनाई आफुलाई समेत मुछिएकोमा उनले आक्रोश व्यक्त गर्दै भने ‘केही व्यक्तिहरुले घटनालाई अतिरंजित बनाउने काममा लागेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको