आशुतोष आनन्द सिंह
राजविराज । श्री चित्रगुप्त सेवा समिति, सप्तरीको ४५ औं साधारण सभाको उद्घाटन सत्र शनिवार राजविराज स्थित केअमाविमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व सिंचाई मन्त्री उमेश यादवले वर्ग विभेदको अन्त्यमा हामी सबै मिलि अघि बढ्नु पर्ने बताए । यसै सम्बोधनमा उनले संविधानमा केही त्रुटि रहेको बताउँदै संविधान संशोधन हुनुपर्ने बताएका छन् । साथै आफ्नो तर्फबाट आदरणीय गुरु चुडामनी सर एवं जय नारायण लाल दासको नाममा आफु केही दिर्घकालिन योजनाको लागि चित्रगुप्त सेवा समिति मार्फत पहल गर्न इच्छुक रहेको बताए ।
सोही अवसरमा सो कार्यक्रमका विशिष्ट अतिथि सदभावना पार्टीका महासचिव मनिष कुमार सुमनले चित्रगुप्त सेवा समितिको राजनीति प्रति रहेको वितृष्णलाई हटाउन आग्रह गरे ।
देशको विभिन्न ठूला वडा सानो पार्टीमा निर्णायक निर्णय लिन सक्ने भुमिकामा चित्रांस रहेको हुँदा समाजलाई राजनीतिमा सक्रिय हुन अनुरोध समेत गरे । फरक प्रसंग सोही कार्यक्रममा बोल्दै सुमनले मंसिर १४ गते भित्र संविधान संशोधनको आफुहरुले दिएको अल्टीमेटमा संशोधन गर्न कार्यक्रमका प्रमुख अतिथि मार्फत प्रधानमन्त्रीलाई सन्देश पनि सुनाए । आफुले विहे गरेर ल्याएको श्रमितिले आफ्नो थर समेत परिवर्तन गरि आफ्नो पनि वंशलाई निरन्तरता दिने भएको हुनाले हामीले विवाह गरेको आधारमा वंशज नागरिकता दिनुपर्छ भन्ने माग उठाएको प्रष्ट गरे ।
श्री चित्रगुप्त सेवा समितिको अध्यक्ष अशोक कुमार कर्णको अध्यक्षतामा भएको साधारण सभामा संस्थालाई सहयोग गर्ने उमेश शाह, लालु अग्रवाल, सुनिल सिंह, शंकर दास, मनोज मुन्धडा, वैजनाथ कर्ण, उमेश कुमार यादवलाई सम्मानित गरेको थियो । सोही अवसरमा प्रयाग लाल यादव, शुभचन्द्र झा, अरुण प्रधानलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरिएको थियो ।
यसैबीच चित्रगुप्त सेवा समितिको बन्द शत्रले अगामी ५
वर्षका लागि तीन सदस्यीय निर्वाचन आयोग चयन गरेको छ ।
प्रमुख निर्वाचन आयुक्तमा नरसिंह लाल कर्ण र निर्वाचन
आयुक्तमा अमरेन्द्र मल्लिक र सुधिर कुमार कर्ण लाई चयन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost
