राजविराज । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट चोरीको विद्युत उपभोग गर्ने झण्डै एक दर्जन व्यक्तिहरुलाई मंगलबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी तथा नेपाल विद्युत प्राधिकरण शाखा राजविराजको संयुक्त टोलीले जिल्लाको कठौनाबाट राजेश कुमार साह, गोरी सदा साह, र मिथुन कुमार सदालाई विद्युत चोरी गरी उपभोग गर्दै गर्दा पक्राउ गरेको छ भने जमुवाबाट देव कुमार यादव र मथ्रो राम सरदारलाई समेत सोही टोलीले नियन्त्रणमा लिएको छ ।
खटिएको उक्त टोलीले गाविस मलेठबाट सुरेन्द्र कुमार यादवलाई नियन्त्रणमा लिएको छ भने बजारहरुबाट बमली प्रसाद चौधरी, राम नारायण चौधरीलाई समेत पक्राउ गरेको छ ।
यसैगरी, सोही टोलीले गाविस बसबलपुरबाट भुल्टेन मुखिया, दिपेन्द्र मुखिया र हरी प्रसाद चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
हुकिङ्ग प्रयोग गरी विद्युत चोरी गरी उपभोग गर्दै गर्दा पक्राउ एघारै जनामाथि विद्युत प्राधिकरण शाखा राजविराजले विद्युत चोरी नियन्त्रण ऐन अन्तर्गत कारवाहीको तयारी थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost