राजविराज  । प्रहरीले विद्युत चोरी गरी उपभोग गर्ने नौं जनालाई बुधबार जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
नेपाल विद्युत प्राधिकरण शाखा राजविरजा र जिल्ला प्रहरी कार्यालय सप्तरीका संयुक्त टोलीले जिल्लाको सितापुर, पौवा, बसविट्टी, तेरहौता लगायतका गाविसहरुबाट सन्तोष कुमार चौधरी, सरोज कुमार यादव, मातन चौधरी, राम अशिष चौधरी पुरषोत्तम चौधरी, रमेश मण्डल, प्रदिप साह, विष्णु देव चौधरी र पुकेश कुमार साहलाई हुकिङ्ग प्रयोग गरी विद्युत चोरी गर्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई प्राधिकरण शाखा राजविराजबाट विद्युत चोरी ऐन अन्तर्गत कारवाही हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको