राजविराज । विश्व बिख्यात योग गुरु रामदेव स्वामी शनिबार एघार बजे सप्तरीको शक्तिपीठ सखडा आउने भएका छन् ।
सखडा भगवती दर्शन, आगामी चैत्रमा हुने यज्ञसम्बन्धमा धारणा राख्दै योग सम्बन्धका कार्यक्रमका लागि आउँने लागेका रामदेव स्वामी सखडामा एक घन्टा समय विताउँने शक्तिपीठ सखडाका पिठाधीश महाकान्त ठाकुरले बताए ।
उपेन्द्र महतो सहितका व्यक्तिहरुका साथ आउन लागको रामदेवका स्वागतका लागि तयारी तिव्र रुपमा भईरहेको मन्दिर विकास समितिले जनाएको छ ।
रामदेवका स्वागतका लागि मन्दिरको पश्चिम पट्टी मंच निर्माण गरिने निर्णय समेत भईसकेको समितिका एक सदस्यले बताए ।
यत्ता, सो सम्बन्धमा प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले भने आफुलाई आधिकारिक जानकारी नरहेको र पिठाधिश ठाकुरबाटै सुनिल आएको बताउँदै रामदेव स्वामी सखडा आए उचित सुरक्षा व्यवस्था गर्न आफ तयार रहेको समेत बताए ।
पिठाधिश ठाकुरले उक्त अवसरमा सम्पूर्ण भक्तजन, पत्रकार, उद्योगी व्यापारी, लगायत नागरिक समाजलाई उपस्थित भई सहयोग गरी दिन आग्रह समेत गरेका छन् ।