राजविराज । नेपालको प्रसिद्ध शक्तिपीठ सप्तरी जिल्लामा अवस्थित छिन्नमस्ता मन्दिरमा शनिबार आइपुगेका विश्व पख्र्यात योग गुरु रामदेव स्वामीले मन्दिरमा बली प्रथा रोक्ने सहमति जनाउने मन्दिरका पीठाधिश महाकान्त ठाकुरलाई दक्षिण स्वरुप एक लाख प्रदान गरे ।
हिन्दु धर्ममा देवीदेवताको मन्दिरमा निसहाय बली चढाउने कुरा पाखण्डीहरुको कथनबाट प्रारम्भ भएको बताए ।
अब सखडा मन्दिरमा बली नचढाउन उनले अपिल गर्दै भने पशुको होइन पशुत्वको बली दिनु आवश्यक छ । हजारौ मानिसको बीचमा योग गुरु रामदेवको कुरामा पीठाधिश ठाकुरले सहमति जनाए ।
पिठाधिश ठाकुरको सहमति माथि खुसी भएर रामदेवले तत्कालै ठाकुरलाई दक्षिणाको रुपमा एक लाख रुपैयाँ दिए । ठाकुरले सहमति जनाएपछि दक्षिणाको रुपमा एक लाख रुपैयाँ ग्राहण गरे पनि मन्दिरमा बली प्रथा रोकिएको छैन ।
अहिले पनि मन्दिरमा प्रत्येक दिन बली प्रदान भइरहेको मन्दिरका कर्मचारी सन्तोष शर्माले बताए । शर्माका अनुसार प्रतिदिन मन्दिरमा दर्जनौको संख्यामा पशुको बली चढाउने गरिएको बताए ।
रामदेव स्वामी मंसिर ११ गतेका दिन सखडा आएका थिए । सोही दिन पनि २९ वटा बली प्रदान गरिएको थियो । १२ गते १५ वटा बली प्रदान गरिएको र सोमबार समेत ७० वटा बली प्रदान भइसकेको शर्माले बताए । सो सम्बन्धमा पीठाधिश ठाकुरले भक्तजनको इच्छा अनुसार बली प्रथालाई आफुहरु रोक्न नसक्ने तर्क राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको