राजविराज । प्रहरी चौकी सखडामा प्रहरीले अवैध रुपमा सर–सामान ओसार पोसार गर्नेहरुबाट खुलेआम रकम असुल्ने गरेको स्थानीयहरुको गुनासो रहेको छ ।
धान काटेपछि गहुँ छर्ने चटारो रहेको बेला भारतीय किसानहरु हाल यसरी नै उक्त बाटो हुँदै नेपाली किसानहरुका लागी उपलब्ध गराइने गहुँको बिउँ अवैध रुपले भारत लगिने गरिएको खुलासा भएको छ ।
भारतको निर्मली बजार नजिकै रहेको बेल्हाका दुई किसानलाई प्रहरी चौकी सखडाको गेटमै गहुँको बिउँ साइकल सहित कार्यालय परिसर भित्र छिराइयो ।
केही बेरपछि दुई जना साइकल र बोरामा रहेको गहुँको बिउँ सहित सिमावर्ती बजार न्यौर तर्फ लागे ।
यशोधर यादव र राजदेव यादव नाम रहेका उक्त दुई भारतीय किसानले प्रहरीले जनही एक सय लिएर छाडेको बताएका छन् ।
नेपाली किसानका लागि सरकारले उपलब्ध गराएको गहुँको विउँ व्यापक रुपमा भारतका किसानहरुले लग्ने गरेपछि जिल्लाका किसानहरुलाई गहुँको विउँको अभाव हुने गरेको वर्षेनी देखिएको यथार्थ रहेको छ ।
सो सम्बन्धमा प्रहरी चौकी सखडाका प्रमुख सई सुमन न्यौपानेले उक्त समयमा आफु कार्यालयमा नरहेको तथा सो सम्बन्धमा बुझ्ने भन्दै पन्छिएका छन् भने सप्तरी प्रहरी प्रमुख प्रही उपरिक्षक दिवेश लोहनीले भने कारवाही गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको