राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा आयोजना गरिएको परिचय तथा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
आयोजित सो अन्तरक्रिया कार्यक्रममा बोल्दै सप्तरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिवेश लोहनीले जिल्लामा अपराध नियन्त्रण गर्न आफु सक्षम भएको बताउँदै अपराधीहरुलाई खोजी खोजी कानूनको दायरामा ल्याउने र अदालतमा पेस गरी सजाय दिलाउने प्रतिवद्धता जनाए ।
आइतबार गोइत सूमहले जिल्ला प्रशासन कार्यालयमा राखेको बम को घटना तर्फ इंकित गर्दै त्यस्ता अपराधीलाई कहाँ राख्नुपर्ने हो त्यो आफुलाई राम्ररी थाहा भएको र त्यस अपराधीलाई कानूनी दायरामा ल्याई छाडने बताए । विभिन्न संचार माध्यमहरुमा आफुद्वारा सखडामा पत्रकार कुटिएको घटना गलत रहेको भन्दै उनले आफुले उक्त परिस्थिति बेला भिड नियन्त्रण गर्न आफ्नो कर्तव्य निर्वाह गरेको र आफ्नो उक्त कार्यले कसैलाई दुखि बनाएको छ भने उहाँले उक्त घटना प्रति दुख व्यक्त गरे ।
कार्यक्रममा सहभागी विभिन्न राजनैतिकदलका प्रतिनिधि, उद्योगी, व्यापारी र विभिन्न गैर सरकारी संस्था र पत्रकारले प्रहरी प्रमुखलाई जिल्लाको वस्तु स्थिति तथा शान्ति सुरक्षा लगायतका विषयमा अवगत गराएको थिए ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष प्रकाश खतिवडा, प्रेस चौतारीका केन्द्रिय सदस्य नर्मदेव यादव, प्रेस चौतारीका सचिव अनिल पोखरेल, नेपाली काँग्रेस जिल्ला सभापति दिनेश यादव, नेकपा एमाले जिल्ला उपाध्यक्ष अवदुल मजिद साकिर, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, सगरमाथा यातायात संघका बरिष्ठ उपाध्यक्ष जगदीश अर्याल, सगरमाथा अपांग कल्याण संघका अध्यक्ष बलदेव गौतम, मानव अधिकारकर्मी जंग बहादुर सिंह लगायत जिल्लाका अन्य विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।