नवलपरासी-सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी मोर्चाको माग सम्बोधन नभए देशमा ठूलो युद्ध हुने बताएका छन् ।
उनले सरकारले मधेशी मोर्चाको माँगहरुलाई नजरअन्दाज गरी सम्मबोधन नगरे देशमा ठुलो युद्ध हुने बताए ।
नवलपरासीको रामग्राममा मंगलवार पत्रकार सम्मेलन गरी महतोले सरकार गठनको बेला मोर्चा संग भएकाो तिन बुदें सम्झौता अनुरुप सरकारले संबिधान संशोधन प्रस्ताव दर्ता नगराई अनावश्यक रुपमा मोर्चालाई बदनाम गर्ने कार्य गरिरहेको आरोप लगाए ।
तीन पार्टीले संघियतालाई समाप्त गरी पुनःदेशलाई द्धन्दमा धकेल्ने काम गरिरहेकाले यसप्रति सचेत हुन सवै जनता संग महतोले आग्रह गरे ।
महतोले संबिधान संशोधनको कुरा दलहरुले ओझेलमा पार्ने चलखेल गरिरहेको आरोप लगाउदै संबिधान संशोधन नभए कार्यान्वयन पनि नहुने र कार्यन्वयन नभए सम्पुर्ण उपलब्धिहरु समाप्त हुने खतरा रहेको बताए ।
सदभावना पार्टी नवलपरासीका अध्यक्ष बिजय अग्रहरीको सहभापतित्वमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर