राजविराज । गत बुधबारबाट गजेन्द्र नारायण सिंह अस्पताल विकास लगायतका २६ बुँदे माग राखि मधेशी मोर्चाले थालेको आमरण अनसन सोमबार राति तोडिएको छ ।
मधेशी मोर्चाको वार्ताटोली र राजनैतिक दलका प्रतिनिधिहरु, अस्पताल प्रशासन तथा चिकिस्तक बीच प्रमुख जिल्ला अधिकारी, सशस्त्र तथा नेपाल प्रहरीका जिल्ला प्रमुख, पत्रकारको रोहबरमा सोमबार राति भएको छलफलमा सम्पूर्ण माग पूरा गरिने लिखित सहमति भएपछि मोर्चाले अनसन तोडेको हो ।
मोर्चाद्वारा राखिएको २६ बुँदे माग सम्बन्धमा २६ बुँदे लिखित सहमति भएपछि अनसनकारीहरुले सोमबार राति नै अनसन तोडेको मोर्चाका सचिवालय सदस्य जय प्रकाश यादवले बताए ।
यहाँका स्थानीय अस्पताल प्रशासनबाट पूरा गर्न सक्ने मोर्चाका माँग अधिकतम एक महिना भित्र पुरा गरिने र मन्त्रालयबाट हुने विशेषज्ञ चिकित्सकको पदपूर्ति लगायतका मागहरु सम्बन्धमा सरोकारवाला निकायहरुले पहल गर्ने सहमति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost
