राजविराज । नेकपा एमालेले जिल्लाको जिल्ला विकास समिति सप्तरीको सभाहलमा सोमबार आयोजित हुने जनपरिचालन अभियान अन्तर्गतको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथिको राजनैतिक परिस्थितिवश काठमाडौं छोड्न नमिल्ने भएपछि स्थगित कार्यक्रम छिटै गरिने भएको छ ।
‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान, संविधान कार्यान्वयन एमालेको अभियान, मुल नारा सहित कार्यान्वयनका लागि ४ महिने जनपरिचालन अभियानमा जुटेको एमालेले सोमबार हुने भनिएको कार्यक्रममा प्रमुख अतिथि एमालेका महासचिव ईश्वर पोखरेल, स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डे, पोलिटि व्युरो सदस्य लाल बाबु पंडित, सुभाषद लाल बाबु यादव लगायतकाहरु सहभागी हुने बताइएकोमा विशेष राजनीतिक परिस्थितिमा काठमाडौं छोड्न नसक्ने भएकोले उक्त प्रशिक्षण कार्यक्रम स्थगित गरिएको एमालेका जिल्ला अध्यक्ष गोविन्द्र न्यौपाने हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।
सोमबार जारी विज्ञप्तीमा मधेशी मोर्चाका नाममा मधेशवादी, दलहरुले एमालेलाई सप्तरी जिल्लामा कुनैपनि कार्यक्रम गर्न नदिने भनि आएको समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको बताउँदै जिम्मेवारी पार्टीको गतिविधिलाई निषेध गर्न खोज्नु निरंकुशताको पराकाष्टा भएको आफुहरुको ठहर रहेको समेत बताइएको छ ।
सोही विज्ञप्तीमा मधेशका जिल्लाहरुमा एमाले प्रमुख पार्टीको रुपमा रहेको संविधान सभा निर्वाचन २०७२ले पुष्टि गरेको बताउँदै जनमत र अभिमतको हिसावले पनि मधेशमा आफुहरु निषेधको राजनिति विरुद्ध उत्रिन सक्षम रहेको जानकारी समेत गराइएको छ ।
तसर्थ यस्ता गतिविधि नगर्न सबैमा आग्रह गर्दै वैधानिक पार्टीले वैधानिक गतिविधि गर्न पाउँन उसको संवैधानिक अधिकार रहेको भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost