राजविराज । सप्तरी जिल्लाको सदरमुकाम अवस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजको समग्र विकासका साथै त्यहाँबाट प्रवाह हुने स्वास्थ्य सेवामा व्यापक सुधारका लागी २६ बुँदे माग राखि नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका राष्टिूय अध्यक्ष विकास तिवारीले थालेको आमरण अनसनलाई मधेशी पत्रकार समाज केन्द्रिय कार्यालयले समर्थन जनाएको छ ।
समाजका केन्द्रिय सचिव संजिव विक्रम शाहद्वारा जारी विज्ञप्तीमा तिवारी अनसनमा बसेको प्रन्ध्रौ दिन वित्न लाग्दा समेत सम्बन्धित निकायले कुनै चासो नलिएको प्रति समाजको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
जनताको प्रमुख सम्पति स्वास्थ्यको विषयमा अनसनमा बसेको अनसनकारी तिवारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको अवस्थामा समेत सम्बन्धित निकायको ध्यान नजानुमा राज्यको उदासिना रहेको बताउँदै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न सञ्चालित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज अञ्चल स्तरीय अस्पताल भएपनि सो स्तरको सेवा सुविधा प्रवाह नहुनु विडम्बना पूर्ण रहेको जारी विज्ञप्तीमा भनिएको छ ।
यस्तो माग लिएर अनसनमा बसेका तिवारीको माग पुरा गर्न नेपाल सरकार संग मधेशी पत्रकार समाज नेपाल माग गर्दै तिवारीले जनताको लागि स्वास्थ्य सेवामा उल्लेखिय सुधारको माग राख्दै गर्दै आएको आन्दोलन प्रति समाजको पनि ऐक्यवद्धता रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost