गुगलले आइफोन प्रयोगकर्ताका लागि लक्षित गर्दै केही महिनाअघि ल्याएको जिबोर्ड अब एन्ड्रोइडका लागि पनि सार्वजनिक गरेको छ ।
जिबोर्ड गुगलको आफ्नै एप ‘गुगल किबोर्ड’को अपडेटेड भर्जन रहेको छ । गुगल किबोर्डको ६.० भर्जन अपडेट गरेसँगै गुगल किबोर्ड जिबोर्डमा परिवर्तन हुन्छ । जिबोर्ड गुगल किबोर्डको नाम परिवर्तन मात्र नभएर विभिन्न नयाँ फिचरसहितको नयाँ रूप हो ।
यस जिबोर्डमा सर्च बटन, नयाँ इमोजिहरू र छुट्टै इमोजि प्यानल, जिआइएफ बटन, डेडिकेटेड नम्बर रो आदि समावेश गरिएको छ ।
यस अप्डेट अहिले रोल आउटका क्रममा रहेको र छिटै संसारभर उपलब्ध हुने गुगलले जनाएको छ । उक्त अपडेट एन्ड्रोइड ४.२ भन्दा माथिका अपरेटिङ सिस्टमका लागि उपलब्ध हुने जनाइएको छ ।livingwithict