राजविराज । मुलुकमै पहिलो पल्ट हुन लागेको महिला शिक्षकहरुको भेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
जिल्ला शिक्षा कार्यालयको आयोजना र सेभ द चिल्ड्रेनको सहयोगमा हुन लागेको ‘महिला शिक्षकले चाहेमा गर्न सक्छ’ उद्देश्य राखी महिला शिक्षकको भेला राजविराज केशो अनुरुधबती विद्यालयको प्राङ्गणमा पुस १ र २ गतेको तयारी पूरा भएको आयोजक संस्थाले जनाएको छ ।
महिला शिक्षकले गरेका राम्रा तथा सफल अभ्यासहरु सवैलाई जानकारी गराउँदै महिला शिक्षकहरुका तत्कालिन र दिर्घकालिन समाधानका योजना बनाउने र बच्चाहरुमा गुणस्तरीय शिक्षा प्रवाह गर्ने हेतु सप्तरीमा पहिलो पटक भेला आयोजना हुने भएको हो ।
राजविराजमा सम्पन्न हुने भेलामा सामुदायिक विद्यालयका ५८८, संस्थागत विद्यालयका एक–एक गरी ४५ जना, वालविकास गरी कुल ७ सय महिला शिक्षक, प्रवेक्षक शिक्षक, पत्रकार, मानवअधिकारकर्मी, बुद्धिजिवि, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको सहभागिता हुने शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।
महिला शिक्षकले गरेका राम्रा तथा सफल अभ्यासको वारेमा अर्को विद्यालयका महिला शिक्षकले जानकारी पाउने, सुधारको वाटोमा रहेका शिक्षकलाई हौसला प्राप्त हुने र उनीहरुले भोगिरहेका समस्या समाधानका लागि तत्कालिन र दिर्घकालिन समाधानका उपायहरुको खोजी गरिने जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले बताए ।
महिला शिक्षकहरुकै कारण प्राथमिक तहमा वालवालिकाहरुको उपस्थिति तथा नियमिततामा वृद्धि भएको तथा शिक्षाका क्षेत्रमा उनीहरुको योगदान अतुलनिय हुँदाहुँदै पनि उनीहरु प्राय अगाडि आउन नसक्दा महिला शिक्षकहरुले दैनिक रुपमा भोगीरहेका समस्या पनि गौण अवस्थामै रहने गरेकोले यस कार्यक्रमबाट समाधानको खोजी गरिने अधिकारी पाण्डेले जानकारी दिए ।
उनले सरकारी विद्यालय, बालविकास, र संस्थागत विद्यालयका निमावि र माविका सत प्रतिशत महिला शिक्षक उपस्थिति हुने र संस्थागत विद्यालयबाट प्रतिनिधिमुलक महिला शिक्षकहरु उपस्थित गराउने लक्ष्य रहेको छ । यस कार्यक्रमबाट महिला शिक्षकहरुमा क्षमता विकास, शिप विकास र कार्यशैली परिवर्तन गरी सक्षम बन्ने, जिल्लाको शैक्षिक सुचांकमा परिवर्तन हुने उनले बताए ।
भेलामा विशेषज्ञ डा. विद्यानाथ कोईराला, डा. लक्ष्मण ज्ञवाली, डा. सुसन आचार्य लगायतका शिक्षा विज्ञहरु समेत आउने शिक्षा अधिकारी पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको