राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुरले आगामी असोज २ गते हुने प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनलाई पनि आफ्नो दलले बहिष्कार गर्ने बताउनुभएको छ । जनसंख्याको आधारमा मधेशमा चाहिने संख्यामा स्थानीय तह गठन हुनुपर्ने आफूहरूको माग यथावत रहेको भन्दै संयोजक ठाकुरले पार्टीले राखेका अन्य मागहरूमा पनि सरकार भनाई र आचरण अस्पष्ट रहेका ेआरोप लगाउनुभयो ।
भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक ठाकुरले भन्नुभयो, “संविधान संशोधन आफूहरूको पहिलो कार्यसूची हो ।” सरकारले समस्यालाई सुल्झाउनु भन्दा झन बल्झाउँदै लगेको भन्दै उहाँले तराई आन्दोलनमा घाइतेको उपचार र कारागारमा भएकाहरूलाई तत्काल रिहा गर्नुपर्ने तर्फ सरकारले ध्यान नदिएको आरोप पनि लगाउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost