
वृजमान तामाङ
विरेन्द्र बजार । राजविराज नगरपालिकामा संघीय समाजवादी फोरम नेपालले चुनावी प्रचार तीव्र पारेको छ । तेसो चरणको स्थानीय तहको चुनाव नजिँकिदै गर्दा नगरमा वडा स्तरीय भेला तथा प्रशिक्षणलाई पार्टीले तीव्रता दिएको हो । आउँदो असोज २ गते हुने राजविराज नगरपालिकाको निर्वाचनको रणनीति तय गर्न फोरमले वडास्तरीय भेला आयोजना गर्दै आएको छ ।
फोरमले राजविराजलाई भ्रष्टाचारमुक्तनगरको रूपमा विकास गर्ने, राजविराजलाई समृृद्ध सहर बनाउने नारा अघि सारेको छ । आइतबार राजविराज १५ का अध्यक्ष विनोद यादवको अध्यक्षतामा र सोमबार राजविराज ४ का अध्यक्ष वसन्त साहको अध्यक्षतामा भेला आयोजन गरियो । भेलाहरूमा तराई मधेश प्रदेश समितिका सदस्य यूसुफ अलि, महिला फोरम सप्तरीका सदस्य मुमित्रा यादवको विशेष उपस्थिति थियो । कार्यक्रमहरूमा राजविराज नगरका प्रमुखका उम्मेदवार भीमराज यादव र उपप्रमुखका उम्मेदवार किरण साहले चुनावी मुद्दाहरूका बारेमा स्पष्ट पार्नुभएको थियो । पार्टीका नेता तथा अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको भेलाहरूमा उम्मेदवारहरूले राजविराजलाई भ्रष्टाचारमुक्तनगरको रूपमा विकास गर्ने, राजविराजलाई संवृृद्ध सहर बनाउनेमा प्रतिवद्धता व्यक्त गरेका थिए ।