सप्तरी , साउन । एक महिना अघिको वाढिवाट प्रभावित सप्तरीको मलेठ गाविसका ८३ घर दलित परिवारलाई मंगलवार राहत वितरण गरिएको छ ।
राजविराज स्थित सिडिओ निवासमा एक कार्यक्रमको आयोजना गरी वाढि प्रभावितहरुलाई राहत सामग्री हस्तान्तरण गरिएको हो ।आईडिया नेपालको समन्वयमा नेप्लिज व्रिटिस कम्युनिटि यूके र रेडक्रशले राहत सामग्री जुटाएका हुन् । वाढिवाट प्रभावित ८३ परिवारलाई प्रति परिवार १० केजी चामल, २ केजी दाल, १ केजी नुन, आधा लिटर खाने तेल, १ थान झुल, १ थान वाल्टिन र १ थान कम्वल उपलब्ध गराईएको सिडिओ सप्तरीका सिडिओ कृष्णवहादुर कटवालका जानकारी दिए ।
सांसद धनवहादुर गुरुङ्गकातर्फवाट श्यामसुन्दर यादवले रहतमा अपुग भएको ४० थान झुल उपलब्ध गराएको थियो ।नेप्लिज व्रिटिस कम्युनिटि यूकेका तर्फवाट पत्रकारहरु ओमप्रकाश साह र सञ्जिवविक्रम साहले आईडियानेपालको समन्वयमा १० केजी चामलको प्याकेट ८३ थान २ केजी दाल ग्याकेट ८३ , १ केजी नुन प्याकेट ८३ थान , ५० लिटर खाने तेल, ४५ थान झुल , ५३ थान वाल्टिन र ५० थान बेड म्याट उपलब्ध गराईएको थियो । अपुग भएका ३३ थान वाल्टिन र ८३ थान कम्वल रेडक्रश राजविराज शाखाका सभापति जोगेन्द्र भगतकले उपलब्ध गराईएको थियो ।
राहत वितरण कार्यक्रममा नेपाली सेनाको राजविराज स्थित गणका गणपति सुरेन्द्रदेव वोगटि, नेपाल प्रहरीका एसपी मुकेश सिंह, सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय राजविराजका एसपी रामाधार यादवलगायतको समेत उपस्थिती थियो ।
यसैविच, नेप्लिज व्रिटिस कम्युनिटि यूकेले राहतका लागि खरिद गरेको ५० थान वेड म्याड रेडक्रशको जिम्मा लगाईएको छ । संकलित म्याट समस्यामा परेका ब्यक्ति र परिवारलाई हस्तान्तरण गर्ने सहमतिमा रेडक्रशका सभापति भगतको जिम्मा लगाईएको पत्रकार संजिव विक्रम साहले वताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost