सप्तरी ३२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीका कारण मृत्यु हुनेको परिवारलाई दिन भनी सरकारले घोषणा गरेको रु २ लाख कम भएको ले बढाउनुपर्ने बताउनु भएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आज दिउँसो बाढीग्रस्त सप्तरीको दुई ठाउँ निरीक्षण गरेपछि यस्तो कुरा बताउनु भएको छ । उहाँले यस बिषयमा आफ्नो पार्टीले सरकारसँग आग्रह गर्ने बताउनु भयो । रु दुई लाख बाढीबाट ज्यान गुमाउनेका लागि कम भएको बताउँनुहुदै उहाँले रकम बढाउन सरकारसँग आग्रह गर्नु भयो ।
सप्तरीको इनर्वा र देउरी भरुवामा आएको बाढीको निरीक्षण गर्दै उहाँले मधेशका साथै हिमाल र पहाडका जनताले समेत परेको बेला एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउनु भयो । ‘तीन बर्षअघि भूकम्प जाँदा तराईबासीले पहाडबासीलाई सहयोग गरेको ऐतिहासिक तथ्य छ’ उहाँले भन्नु भयो “पहाडका जनता पनि तपाईंहरुलाई यस्तै सहयोग गर्न चाहन्छन् ।”
निरीक्षण टोलीमा दाहालसँगै आएका गृहमन्त्री जनार्दन शर्माले बाढीबाट पीडित भएका जनताको उद्वार र पुर्नस्थापनाका लागि सरकार काम गरिरहेको बताउनु भयो । उहाँले सरकारसँग कुनै पनि सामग्रीको कमी नभएको बताउनुहुदै स्थानीयस्तरमा द्रूत गतिमा काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको सुनाउनु भयो ।
आपूर्ती मन्त्री शिबकुमार मण्डलले बाढीग्रस्त ठाउँमा तत्कालका लागि दाल,चामल, नून, तेलसहितका सामग्रीहरु पठाइसकिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको