![](https://www.mysanchar.com/wp-content/uploads/2017/08/20907080_115080849153151_1309126873_o.jpg)
राजविराज, १ भदौ । नयाँ शक्ति पार्टी र राप्रपा प्रजातान्त्रीकको सक्रियतामा सप्तरीको राज विराजराज छिन्नमस्ता गाउँपालिकामा विहिबार राहत वितरण गरिएको छ ।
नयाँ शाक्ति पाटीले छिन्नमस्ता गाउपालिको कुपही र कोचाबखारी एक सय परिवारलाई २५ केजी चामल र नुहाउने , लुगा धुने साबुन वितरण गरिएको पार्टीका नेता डम्बर नरायण साहले जानकारी दिए ।
त्यस्तै राजविराज बडा नम्बर १ मा राप्रपा प्रजातान्त्रीकले २ सय ३२ परिबारलाई चाउचाउ विस्कुट च्युरा , मुरही र पानी वितरण गरिएको छ । सो राहत राप्रपा प्रजातान्त्रीकका राजविराज नगरपालिकाका मेयर उम्मेदवार शैलेन्द्र साह र उपमेयर उम्मेदबार लक्ष्मी चौरसीयाको अगवाईमा गरेको थियो ।