काठमाडौं, १४ भदौं । प्रदेश नम्बर २ को आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट टिकट वितरणलाई लिएर नेपाली कांग्रेसभित्र रडाको मच्चिएको छ । कांग्रेस भित्र देउवा गुट र पौडेल गुटनै नमिलिरहेको अवस्थामा अर्को गुटको भिडन्त चलेको छ ।

अहिलेसम्म तय भएका नामहरुमा नेता विमलेन्द्र निधी समूह हावी भएपछि नेपाली कांग्रेसभित्रको कोइराला समूहले चर्कोरुपमा असन्तुष्ट ब्यक्त गरेको हो ।

निधीले आफू कांग्रेसभित्रको मधेसको नेता भएकोले आफूले भनेका मानिसहरुले टिकट पाउनु पर्ने अडान राख्दै धमाधम नाम तय गरेकोले विवाद भएको ।

कोइराला समूहले पार्टी सभापतिले आफू भारत भ्रमणमा जाँदा निधीलाई कार्यबाहक बनाएर पार्टीभित्र शक्तिशाली बनाउन खोजेको आशंका गरिरहेको बेला सभापति स्वयमले टिकट वितरणमा समेत हावी गराएको आरोप लगाएको छ । निधीलाई महेन्द्र यादव र फर्मुल्लाह मन्सुरले साथ दिईरहेका छन ।

यता कोइराल खेमामा मन्त्रीद्धय रामकृष्ण यादव र सीतादेवी यादवले साथ दिईरहेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको