सप्तरी , १४ भदौ । हा डाक्नेश्वरी नगरपालिकामा गाभिएका साबिक पत्थरगाडा गाउँ विकास समितिका पूर्व अध्यक्ष एवम् उपाध्यक्षसहित सयौं जना राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन् ।
पत्थरगाडामा बुधवार आयोजित संकल्प सभामा पत्थरगाडा गाविसका पूर्व अध्यक्ष शिवनारायण साह पूर्व उपाध्यक्ष हरिनारायण चौधरीसहित विभिन्न पार्टी परित्याग गरी राजपामा प्रवेश गरेका हुन् । अध्यक्ष मण्डलका सदस्यद्वय शरदसिंह भण्डारी र महेन्द्र राय यादवले संकल्प सभामा नव प्रवेशीहरुलाई फूलको माला र अबीर लगाएर पार्टी प्रबेश गराएका छन ।
यस्तै साबिक नर्घो गाविसका निवर्तमान उपाध्यक्ष सत्यनारायण यादव सहित अत्यधिक संख्यामा राजपा नेपालमा प्रवेश गरेको पार्टीले जनाएको छ । उक्त कार्यक्रममा राजपा नेपालका केन्द्रीय तथा जिल्ला नेताहरुसमेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको