
सप्तरी । निर्वाचन आयोगले २ असोजमा हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ ।
प्रदेश नं २ का १३६ स्थानीय तहमा हुने निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदाताले मतदान गर्नेछन् ।
प्रदेश नं २ मा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेका छन् ।
निर्वाचनबाट कूल ६ हजार ६२७ जनप्रतिनिधिको चयन हुनेछन् ।