सप्तरी १६ भदौं । पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिकामा बसको ठक्कर बाट एक जनाको मृत्यु भएको छ ।
काठमाण्डौ बाट धरान तर्फ गईरहेको बा ४ ख ६५७२ नम्बरको बसले पैदय यात्री ५० बर्षिय बुधेश्वर मंडललाई ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाईएको छ ।
मृतको शवलाई परिक्षणका लागि गजेन्द्र नरायण सिंह सगरमाथा अंचल अस्पताल लगिएकोे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost
