राजविराज, १७ भदौ ।उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले निर्वाचन आयोगले तीन महिना अघि नै आचार संहिता लागु गरेर सरकारको कामकाजलाई समेत दखल दिएको भन्दै यसलाई सच्याउनु पर्ने वताएका छन् । शनिवार विहान राजविराजमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो वताएका हुन् ।
‘मुलुकै ईतिहासमा अहिलेसम्म यति लामो आचार संहिता लागु भएको थिएन’ उनले भने–‘सरकारकौ दैनिक काममा समेत प्रभाव परिरहेको कारण यसलाई सच्याउन आवश्यक छ ।’ नेपाल लोकतान्त्रीक फोरमका केन्द्रिय अध्यक्ष समेत रहेका गच्छदारले मंसिर २१ गते हुने चुनावका लागि पनि अहिले नै आचार संहिता लागु गरेको वताए ।
पर्सि वस्ने मन्त्री परिषदको वैठकमा यसवारे कुरा उठाउने समेत उनले जानकारी दिए । स्थानीय तहको तेश्रो चरणको चुनाव प्रदेश नं. २ मा असोज २ गते हुन लागेको सन्दर्भ उठाउदै उपप्रधानमन्त्री गच्छदारले चुनावपछि अधिकार सम्पन्न स्थानीय तह निर्माणको चरण पुरा हुने विस्वास ब्यक्त गरे । स्थानीय तहको निर्वाचनमा राजनितिक मुद्दाभन्दा पनि विकासको मुद्दालाई प्राथमिक्ता दिनुपर्ने उनको सुझाव थियो । आफुहरु स्थानीय तह निर्वाचनमा जुनसुकै पार्टीसँग चुनावी तालमेल गर्न खुला रहेको वताउँदै गच्छदारले यसका लागि पार्टीको स्थानीय तहलाई नै अधिकार दिएको जानकारी दिए ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले क्षेत्र निर्धारण गर्दा आफुहरुसँग कुनै सरसल्लाह, छलफल नगरेको गुनासो गर्दै आयोगको प्रतिवेदन प्रति समेत आफुहरुको चित्त नवुझेको टिप्पणी गरे । संविधानकै मर्म र भावना विपरीत जातिय क्लस्टरलाई भत्काएर निर्वाचन क्षेत्र निर्धारण गरिएको, मधेशमा चार–पाँच सिट घटाईएको भन्दै उनले यसवारे पछाडि जोडदार रुपमा आवाज उठ्न सक्ने वताए ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, सांसद द्वय डा. सुवोधकुमार पोखरेल, रमणीदेवी राम, युवा फोरमका कार्यवाहक अध्यक्ष रंजित झा, पार्टीका जिल्ला अध्यक्ष शैलेशकुमार चौधरीका साथमा पत्रकार सम्मेलनमा उपस्थित भएका गच्छदारले वाढि पीडितका लागि तत्कालिन र दिर्घकालिन कार्यक्रम ल्याउने विषयमा गम्भिर रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको