सप्तरी । नेपाली काँग्रेसले सप्तरी जिल्लाका अधिकांस स्थानीय तहहरुमा प्रमुख र उपप्रमूख पदमा उम्मेदवारी दिनेहरुको नामावली तयार पारेको छ । जस अनुसार अधिकांस स्थानीय तहका प्रमुखह र उपप्रमूखरुको नामावली मात्रै बाहिर ल्याईएको छ । केही स्थानिय तहका विषयमा अझै पनि छलफल चलिरहेको छ ।
कूल १८ वटा स्थानीय तह रहेको सप्तरी जिल्लामा ९ नगरपालिका र ९ गाउँपालिका रहेका छन् । ती गाउँपालिका र नगरपालिकामा नेपाली काँग्रेसबाट निश्चित भईसकेका उम्मेदवारहरुको तल प्रस्तुत गरिएको छ ।
१. राजविराज नगरपालिका
मेयर : ध्रुवकुमार देव, उपमेयर : सुशिलाकुमारी यादव
२. हनुमाननगर कंकालिनी नगरपालिका
मेयर : सरोज बिराजी, उपमेयर : राजेश्बरीदेबी यादव
३. सप्तकोशी नगरपालिका
मेयर : कृष्णप्रसाद ढकाल, उपमेयर रिताकुमारी चौधरी
४. डाँक्नेश्वरी नगरपालिका
मेयर : नारायण यादव, उपमेयर :——
५. सुरुंगा नगरपालिका
मेयर :——, उपमेयर : सुष्मा चौधरी
६. बोदैबर्साइन नगरपालिका
मेयर : कर्मैत यादव, उपमेयर : उर्मिलादेवी साह
७. कञ्चनरुप नगरपालिका
मेयर :——, उपमेयर : निरु पोखरेल
८. खड्ग नगरपालिका :——
९. शम्भुनाथ नगरपालिका :——
१०. अग्निमाई कृष्णसवरण गाउँपालिका
प्रमुख : परशुराम चौधरी, उपप्रमुख : मिना चौधरी
११. महदेवा गाउँपालिका
प्रमुख : गजेन्द्र मण्डल, उपप्रमुख : संगिताकुमारी यादव
१२. तिरहुत गाउँपालिका
प्रमुख: देवनारायण गोइत, उपप्रमुख : गितादेवी यादव
१३. विष्णुपुर गाउँपालिका
प्रमुख : निलाम्बर यादव, उपप्रमुख : जनजिराकुमारी यादव
१४. बेल्ही चपेना गाउँपालिका
प्रमुख : परमानन्द यादव, उपप्रमुख : पुष्पमालाकुमारी मण्डल
१५. छिन्नमस्ता गाउँपालिका
प्रमुख : कुलानन्द यादव, उपप्रमुख : शहिदा खातुन
१६. रुपनी गाउँपालिका
प्रमुख : रामनारायण ईसर, उपप्रमुख : भोलेश्वरी चौधरी
१७. तिलाठी कोइलाडी गाउँपालिका
प्रमुख : अरुणकुमार मण्डल, उपप्रमुख : अरहुलदेवी मण्डल
१८. बलान बिहुल गाउँपालिका
प्रमुख : जितेन्द्रकुमार यादव, उप्रमुख : अनितादेवी साह