राजविराज, १९ भदौ । नेपाल ट्रेड युनियनका केन्द्रिय अध्यक्ष खिलानन्द दाहालले नेपाली काँगे्रस सधैं मधेशको लागि लडिराख्ने पार्टी भएकाले स्थानिय तहको निर्वाचनमा जनताले काँग्रेसलाई जिताउने बताएका छन् ।
सप्तरीको राजविराजमा सोमबार स्थानिय तह निर्वाचनको भूमिका सन्दर्भमा जिल्ला स्तरीय कार्यकर्ता भेला लाई सम्बोधन गर्दै उनले मधेश नेपाली काँग्रेसको उर्वरभूमी भएको र मधेशीहरुको हक अधिकारका लागि काँग्रेसले सदैव अग्रणी भूमिका निर्वाह गर्दै आएकोले निर्वाचनमा मधेशका जनता नेपाली काँग्रेसको पक्षमा मतदान गर्ने बताए ।
असोज २ मा हुन लागेको स्थानिय तहको निर्वाचनमा काँग्रेस लाई जिताउनका लागि आ–आफ्नो स्तरबाट भूमिका निर्वाह गर्न ट्रेड युनियन सम्बद्ध सबै संघ संस्थाहरुलाई निर्देशन दिई सकिएको अध्यक्ष दाहाले जानकारी दिए ।
ट्रेड युनियन सप्तरीका अध्यक्ष मनोज मंडलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट राजविराज नगरपालिकाका मेयर पदका उम्मेदवार ध्रुव देव र उप–मेयर पदको उम्मेदवार शुशीला यादव लगायतकाले आ–आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको