सप्तरी, १९ भदौ । प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा उम्मेदवार छनोटको विषयलाई लिएर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा विवाद सिर्जना भएको छ ।
विवादले उग्ररुप लिदा आज सप्तरीको राजविराजमा पार्टीकी केन्द्रीय उपाध्यक्ष एवं प्रदेश संयोजक रेणुकुमारी यादवलाई आफ्नै कार्यकर्ताले घरभित्र थुनेका थिए । उनीहरुले उम्मेदवार छनौटमा अनावश्यक हस्तक्षेप गरेको भन्दै यादवलाई घरभित्रै थुनेका हुन ।
घर अगाडि नाराबाजी गरेका कार्यकर्ताले घरमा आगजनी गर्ने प्रयास समेत गरेका थिए । उनको घरबाहिर व्यापक प्रहरी परिचालन गरेर बातारवरण शान्त बनाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost